KIRKLAND, WA - MARCH 07: A patient is transferred into an ambulance at the Life Care Center on March 7, 2020 in Kirkland, Washington. As of today, 11 residents have died from COVID-19, since February 19th. Currently, there are 63 residents in the facility, slightly more than half of the 120 residents that were here before the first case was reported. (Photo by Karen Ducey/Getty Images)

अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाले १ लाख ८७ हजारभन्दा बढीको मृत्यु हुनेको

By खबरहब

August 31, 2020

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३६९ जनाको मृत्यु भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म अमेरिकामा मृतक संख्या १ लाख ८७ हजार २२४  पुगेको हो ।

यस्तै एकै दिन ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार ३३ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६१ लाख ७३ हजार २३६ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३४ लाख २५ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍६० हजार २८९ जनामध्ये १५ हजार ९९६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।