प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

एसियाली मुलुकको शेयर बजार साढे २ वर्ष यताकै उच्च

By खबरहब

August 31, 2020

एजेन्सी – कोरोना भाइरसको महामारीले शिथिल बनेको एसियाली क्षेत्रको शेयर बजार करिव साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

विश्वव्यापी मौद्रिक तथा वित्तीय नीतिहरु सुधार हुने अपेक्षासँगै लगानीकर्ताहरुले शेयर बजारमा लगानी बढाएको विश्वास गरिएको छ । शेयर बजारमा देखिएको पछिल्ला सूचक २९ महिनायताकै उच्च भएको बताइएको छ।

सोमबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.५ प्रतिशतले बढेर सन् २०१८ मार्च महिना यताकै उच्च विन्दुमा पुगेको छ।

चीनको ब्लूचीप सूचक ०.७ प्रतिशतले बढेको छ। सन् २०१५ को मध्यपछि उक्त सूचकमा यस्तो स्तरको बढोत्तरी देखिएको थिएन। त्यस्तै, एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्स ०.५ प्रतिशतले बढेको छ।

यसैगरी, जापानको निक्केई एन २२५ सूचकमा १.९ प्रतिशतले बढेको छ ।