समाचार

९ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ

By खबरहब

August 31, 2020

काठमाडौं – ९ वर्षीया बालिकालाई महिनौंदेखि यौन शोषण गरेको आरोपमा प्रहरीले एक भूतपूर्व भारतीय सैनिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बालिकालाई यौन शोषण गरेको आरोपमा ५५ वर्षीय रेश बहादुर गुरुङ पक्राउ परेका हुन् ।

स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका मिलनचोक बस्ने गुरुङलाई सोमबार पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।

गुरुङले विगत ४–५ महिनादेखि बालिकालाई ललाईफकाई यौन शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीको दाबी छ ।

यसबारे थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जनाएका छन् ।