sf7df8f}F, $ ebf}M lgif]wf1fdf ;'g;fg ;8s sf7df8f}F pkTosfsf lhNnf k|zf;g sfof{nox?n] a'waf/ /flt !@ ah]b]lv lgif]wf1f u/]kl5 laxLaf/ ;'g;fg b]lvPsf] aa/dxn ;8s . tl:a/M rGb|snf If]qL÷/f;;

समाचार

आज काठमाडौं उपत्यकामा थपिए २९८ कोरोना संक्रमित

By खबरहब

August 31, 2020

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् ।

यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका थिए ।

काठमाडौं उपत्याकासहित आज नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ ।

आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२८पुगेको छ । आज मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।