राजनीति

प्रणव मुखर्जीको निधनबाट नेपालले असल मित्र गुमायो: राष्ट्रपति भण्डारी

By खबरहब

August 31, 2020

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले असल मित्र गुमाएको बताएकी छिन् ।

भण्डारीले सोमवार साँझ ट्वीट गर्दै भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबरले आफू मर्माहत भएको बताएकी छिन् ।

‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दु:खद् निधनबाट मर्माहत भएको छु,’‌ भण्डारीले ट्वीटमार्फत व्यक्त गरेकी छिन्, ‘नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’

कोरोना भाइरसको संक्रमण पुष्टि भएका मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा आज (सोमवार) निधन भएको हो । कोरोना देखिएपछि मुखर्जीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।