समाचार

नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

By खबरहब

October 31, 2020

बाँके- बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा  १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। स्वासप्रश्वासमा समस्या देखिएका उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको उनले बताए ।

योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँके जिल्लाका मात्रै ३० जनाको कोरोनाले मृत्यु भइसकेको श्रेष्ठले बताए ।