फाइल फोटो

समाचार

होम आइसोलेशनमै दुई संक्रमितको मृत्यु

By नारायण पंगेनी

October 31, 2020

नवलपुर– पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

मृतक दुबैको सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने चापागाईंले बताए ।