समाचार

बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमित वृद्धको मृत्यु

By खबरहब

October 31, 2020

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गैरीगञ्जका ७३ वर्षीय वृद्ध रहेको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएका ती वृद्धमा कार्तिक ६ गते संक्रमण पुष्टि भई  ७ गते प्रतिष्ठानमा भर्ना गरिएको  गरिएको हो ।

वृद्धमा मुटु सम्बन्धी पूरानै समस्या रहेको श्रेष्ठले जानकारी दिएका छन् ।