देश/प्रदेश

विवाहको भोज खाएका २९ जन्ती बिरामी

By खबरहब

October 31, 2020

कञ्चनपुर– विवाहको भोज खाएका बेदकोट नगरपालिका क्षेत्रका २९ जना जन्ती बिरामी भएका छन् ।

बेदकोट नगरपालिका– २ बसन्थला क्षेत्रका एक विवाहको भोजमा सहभागी भएका जन्ती बिरामी भएका हुन् ।

गएराति बिरामी भएका सबै जन्तीको महाकाली अस्पतालमा उपचार भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए । उनका अनुसार सबै बिरामी खतरामुक्त छन् । फुडप्वाइजनका कारण जन्ती बिरामी भएका हुन् ।

उनका अनुसार एकजनाको भेन्टिलेटर र बाँकीको सामान्य वार्डमा उपचार भइरहेको छ ।