रोचक/विचित्र संसार

प्रेमीकासँग ‘किस’ मागेको आरोपमा ब्वाईफ्रेन्डलाई जेल !

By खबरहब

December 31, 2020

काठमाडौँ – सुन्दा पनि अचम्म, आफ्नै प्रेमीकासँग किस माग्दा एक युवक जेल पुगेका छन् ।

चेन्नईकी एक युवतीले आफ्नो प्रेमीलाई एक अनौठो प्रस्ताव राखिन् । सर्तका कारण ब्वाईफ्रेन्ड सीधै जेल पुगे । जब प्रहरीले युवकसँग सोधपुछ गरे तब ति युवकले एक किसका कारण यस्तो भएको बताएका छन् ।

उनले आफ्नी गर्लफ्रेन्डसँग एक किस मागेका थिए । तर, उनकी गर्लफ्रेन्डले उनीसँग अचम्मको सर्त राखिन् । प्रेमीकाले उनीसँग चेन्नईको सडकमा बुर्का लगाएर घुमेमा मात्र किस दिने सर्त गरेकी थिइन् ।

प्रेमीकाले भनेअनुसार युवक चेन्नईको रोयायेट्टा इलाकामा बुर्का लगाएर घुम्न थाले । उनले बुर्का लगाएका थिए भने खुट्टामा चप्पल लगाएका थिए । उसलाई देखेर मानिसहरु चोर चोर भन्दै कराउँन पनि थाले ।

त्यो देखेर मानिसहरुले उनलाई महिला नभएको शंका गर्दै केही समयपछि चोर भन्दै उसलाई समातेर पुलिसलाई जिम्मा लगाई दिए । सोधपुछका क्रममा युवकले आफ्नी गर्लफ्रेन्डले लगाएको सर्तले बुर्का लगाएर घुम्नु परेको बताएका छन् ।-एजेन्सीको सहयोगमा ।