x]nDa'df ko{6s cfsif{0f a9b}, kfFr xhf/ dflysf cUnf lxdfn v'Nnf ug]{ tof/Ldf l;Gw'kfNrf]s, !^ k';M cfGtl/s tyf jfXo ko{6sx?sf] nflu lhNnfs} k|d'v ko{6sLo uGtJosf] ?kdf k|Voft x]nDa'df yk ko{6sLo uGtAosf] ljsf; ul/Psf] 5 . olx dªl;/ !* ut] g]l/sf P8e]Gr/;{sf cf/f]xL ;lt; dfg kltsf] g]t[Tjdf tLg ;b:oLo cf/f]xL 6f]nLn] x]nDa' If]qdf /x]sf] %^)% ld6/ cUnf] gofF a]d]yfª lkssf] ;kmtfk"j{s cf/f]x0f ;DkGg u/]sf] xf] . t:jL/M b]j/fh ;'j]bL, /f;;

इनसाइट/स्पेशल

हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिँदै

By खबरहब

December 31, 2020

सिन्धुपाल्चोक– आन्तरिक तथा बाह्य पर्यटकको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिएको छ ।

यही मङ्सिर १८ गते नेरिका एडभेन्चरर्सका आरोहीसतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रको पाँच हजार ६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफलतापूर्वक आरोहण गरेको हो ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि हेलम्बु हाइसर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्यअनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाइएको छ । हेलम्बु र लाङटाङ क्षेत्र बीचको नयाँ गङ्गा र पावेल पिक आरोहण बाटो पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाइएको छ ।

हेलम्बु क्षेत्रमा पाँच हजारभन्दा माथिका नौवटा पिक रहेको र उक्त ठाउँमा जाने दोहोरो बाटो निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । सेमिसिदाङ, लाङटाङ र हेलम्बु घाङजलापास हुँदै आरोहण गर्न सकिने बाटोको विकास भइरहेको उहाँको भनाइ छ । यसले हेलम्बुलगायत सिन्धुपाल्चोकको पर्यटन विकासमा ठूलो योगदान पुर्‍याउने गाउँपालिकाको विश्वास छ ।

सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्र छन् । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्य रहेको छ ।

हेलम्बुको प्रमुख आकर्षण जय बागेश्वरी मन्दिर, पाल्चोक घ्याङ, मेलम्ची घ्याङ, निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल, तार्केघ्याङ, सेर्माथाङ, आमा याङरी, मिलारेप्पा गुफा, घोप्टेघ्याङ प्याराग्लाइडिङलगायत बन्जिजम्पिङका लागि पुल निर्माणको काम भइरहेको जनाएको छ ।