राजनीति

खुमलटारमा दाहाल-गौतम भेटवार्ता

By खबरहब

January 01, 2021

काठमाडौँ- प्रतिनिधिसभा विघटनपछि अघोषित रूपमा विभाजित बनेको सत्तारूढ नेकपाका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

समान्नतर बैठकसँगै विभाजनको बाटो कोरेका केपी ओली र प्रचण्ड-माधव समूह कतै पनि नरहेको बताएका गौतम बिहान साढे ९ बजेति दाहाललाई भेट्न खुमलटार पुगेका थिए । गौतम र दाहालबीच करिव ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटवार्ता पुस ५ मा प्रतिनिधिसा विघटनपछिको राजनीतिक घटनाक्रमको समीक्षा र आगामी कदमबारे केन्द्रित रहेको जनाइएको छ ।

१५ सय जना सदस्यहरूको तटस्थ समूह बनाएर अझै पनि पार्टी एकताको लागि दबाब दिन लागेको बताउँदै आएका गौतम दाहाल भेट्न खुमलटार पुगेका थिए ।