राजनीति

प्रवीण हत्या प्रकरण: एक लाख धरौटीमा छुटे घरधनी रमेश गिरी

By खबरहब

March 01, 2021

विराटनगर– मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका रमेश गिरी धरौटीमा छुटेका छन् ।

गिरीलाई आदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

धमालाका अनुसार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा सोमबार भएको थुनछेक बहसपछि उक्त आदेश दिएका हुन् ।

उर्लाबारी–६ का रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार उर्लाबारीबाट पक्राउ गरेको थियो ।

गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुष ५ गते शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले प्रवीणको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दाका प्रतिवादीहरू उर्लाबारी–६ का राजेश रणपहेली, सुदी परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन् ।