देश/प्रदेश

‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक’ पारित

By खबरहब

July 01, 2021

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको छ ।

उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आजको बैठकमा सो बिधेयक प्रस्तुत गरेका थिए ।

यस अघि सो बिधेयक माथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद, देवकी मल्ल,मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए ।

अब प्रदेश भित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने थप बाटो खुलेको छ ।