राजनीति

एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

By खबरहब

October 01, 2021

काठमाडौँ– नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेमा लागेका तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साहको समूह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएको छ ।

आफू एमाले भन्दा पनि नेकपाकै निरन्तराको पक्षमा रहेको बताउँदै आएका साहले विभिन्न ८ बुँदे प्रस्ताव अध्यक्ष केपी शर्मा ओली समक्ष राखेका थिए । बिहीबार  अध्यक्ष ओली महासचिब ईश्वर पोखरेलसँग छलफल भए पनि सहमति नजुटेकाले महाधिवेशनमा उनी सहभागी नहुने भएका हुन् ।

एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेपछि साहले विरोध जनाउँदै आएका छन् । उनले नेकपाकालीन मार्गदर्शक सिद्धान्त हुनुपर्ने वकालत गरेका छन् ।