cWoIf cf]nLnufot ljwfg dxflwj]zg ;xefuL x'Fb} sf7df8f}F, !% c;f]h M g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nLnufot nlntk'/sf] uf]bfj/Ldf z'qmaf/b]lv ;'? ePsf] k|yd ljwfg dxflwj]zgdf ;xefuL x'Fb} . t:jL/ M rGb|snf If]qL÷/f;;

राजनीति

एमालेको पहिलो विधान महाधिवेशन सुरु, ओलीसहित ६ जनाको अध्यक्ष मण्डल (भिडियो)

By खबरहब

October 01, 2021

काठमाडौँ– नेकपा एमालेको पहिलो विधान महाधिवेशन शुक्रबार सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले १ बजेर २५ मिनेटमा महाधिवेशनको उद्घाटन गरेका छन् ।

अध्यक्ष ओलीले पासनमा बत्ति बालेर तथा मोबाइलको स्वीचअन गरेर महाधिवेशन उद्घाटन गरे । मोबाइलको स्वीच अन गरेपछि स्क्रीनमा महाधिवेशन उद्घाटन भएको देखिएको थियो ।

यो महाधिवेशनले विधान संशोधन, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पारित गर्नेछ ।

एमाले विभाजनपछि पहिलो पटक हुन लागेको यो महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ । उद्घाटन समारोह पार्टी सचिब तथा प्रचार विभाग प्रमुख योगश भट्टराईले सञ्चालन नगरी सचिब प्रदीप ज्ञवालीले गरेका छन् ।

महाधिवेशन सञ्चालनका लागि अध्यक्ष ओलीसहित ६ जनाको अध्यक्ष मण्डल बनाइएको छ । ओली, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल र छबिलाल विश्वकर्मा अध्यक्ष मण्डलमा रहेका छन् ।