राजनीति

एमालेमा उपमहासचिब पद खारेज गर्ने प्रस्ताव

By खबरहब

October 01, 2021

काठमाडौँ– नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । उपमहासचिव पद खारेजीको प्रस्ताव गरिएको छ भने उपाध्यक्ष ५ जना र सचिव ६ राख्ने प्रस्ताव गरिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिब पद खारेजको प्रस्ताव गरिएको छ ।

यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो ।