फाइल फोटो

राजनीति

जनप्रतिनिधिमुलक संस्थालाई जनहितका योजना अगाडि बढाउन राष्ट्रपतिको सुझाब

By खबरहब

October 01, 2021

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाब दिएकी छन् ।

शुक्रबार काठमाडौँमा जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद् उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नागरिकको

चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउन सुुझा दिइन् ।

देशभित्र अवसर नपाई बिदेशीन बाध्य युवाहरुका लागि सीपको व्यवस्था गर्दै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताइन् । उनले मुलुुक रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले जनप्रतिनिधिमूूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूूलक समाज निर्माणमा योगदान पुराउनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासङ्घद्वारा प्रकाशित पुुस्तकको बिमोचन गरेकी थिइन् । राष्ट्रिय परिषद्मा ७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता रहेको थियो ।