राजनीति

एमालेको विधान महाधिवेशनस्थलका केही तस्वीरहरू (फोटोफिचर)

By खबरहब

October 01, 2021

काठमाडौँ– नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा जारी छ । तीन दिनसम्म चल्ने महाधिवेशनको शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन बाचन गरिरेकै बेला ओली अस्वस्थ भएपछि स्थायी कमिटी सदस्य शंकर पोखरेलले बाँकी प्रतिवेदन बाचन गरेका छन् ।

महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी भएका छन् ।