राजनीति

नयाँ ढंगबाट ‘जनयुद्ध’ गर्न तयार छु : प्रचण्ड

By खबरहब

October 01, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफु नयाँ ढंगको ‘जनयुद्ध’ गर्न तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा सपनाको पाण्डूलिपी गिती संग्रह’ विमोचन कार्यक्रम गर्दै प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफूलाई घेरबन्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको ‘जनयुद्ध’ गर्न तयार रहेको बताए ।

उनले अहिले नै हतियार उठाउने वा भूमिगत हुने नसोचे पनि नया ढंगको ‘जनयुद्ध’को खोजी भइरहेको धारणा राखे । प्रचण्डले लाखौँ जनता माओवादीसँगै सडकमा उत्रिए अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताए ।

उनले माओवादी नेतालाई एउटै मञ्चमा तत्काल नबोलाउन आग्रह पनि गरे । सरी एउटै मञ्चमा बोलाउँदा पुनः पार्टी एकता हुन लागेकाले धक्का पुग्न सक्ने उनले बताए । प्रचण्डले ‘जनयुद्ध’ लडेका सवै नेताहरुले रियलाइज गरेपछि अन्तिममा सवै एकै ठाँउमा भेट हुन सक्ने टिप्पणी गरे ।

कार्यक्रममा जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वमाओवादीबीच कार्यगत एकता हुनसक्ने भएपनि एउटै ठाँउमा बस्ने भने सम्भव नभएको धारणा राख्नुभयो । उहाले पार्टी एकताका लागि बिचार, सिद्धान्त, संगठनात्मक तथा तत्कालीन र दिर्घकालीन कुरा मिल्नुपर्ने बताए । अग्रगामी शक्तिहरु प्रतिगमका बिरुद्ध एक भएर सहकार्य गर्ने र चूनावी तालमेल गर्नुपर्ने उनको भनाइ छ ।

जनयुद्ध अध्ययन प्रतिष्ठानको आयोजनामा प्रगतिवादी कवि गीतकार तथा संगीताका दिलीपकुरमा श्रेष्ठद्वारा रचित सपनाको पाण्डुलिपी गीतिसंग्रह बिमोचन गरिएको हो ।