सांकेतिक तस्बिर

समाचार

४७० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 01, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३५४ कोरोना संक्रमितको आईसीयूमा र ११६ को भेन्टिलेटरमा गरी कुल ४७० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ६२ जना आईसीयूमा र ३५ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा आइसीयूमा १ जना उपचाररत छन् ।

त्यस्तै बागमती प्रदेशमा १९५ जना आईसीयूमा र ६६ जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा ४६ जना आईसीयूमा र ५ उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णालीमा ५ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।