समाचार

बिना मेहनत यसरी घटाउनुहोस् आफ्नो मोटोपन

By खबरहब

November 01, 2021

फिट रहन कसलाई मन नहोला र ? तर व्यस्त जीवनशैली र घर बाहिरका खानेकुराको सेवनका कारण मानिस जति नै सजग भए पनि फिट रहन सक्दैन । फलतः मानिसमा मोटोपनको समस्या देखिन्छ ।

घर बाहिरका तारेको, भुटेको, चिल्लो र मसलादार खानेकुराको सेवन गर्ने अनि शारीरिक परिश्रम नगर्ने मानिसमा तौल बढ्ने समस्या बढी देखिन्छ । यस्तोमा मोटोपन हुनबाट कसरी बच्न सकिन्छ त ?

– बिहानको खाजा अनिवार्य खानु पर्दछ । खाना खान ढिला हुँदा यसले शरीरमा ऊर्जाको स्तरलाई कायम राखेको हुन्छ । जसका कारण मेटाबोलिजम माथि नराम्रो असर पर्दैन ।

– हरेक दिन बिहान उठ्ने बित्तिकै दैनिक एक गिलास मनतातो कागती पानी पिउने । यसले पाचन क्रिया बलियो हुनुका साथै तौल घटाउन सहयोग गर्दछ ।

– दिउँसो अनुकूल समयमा सलाद धेरै मात्रामा खानु पर्दछ । यसले पेट चाँडै भरिन्छ जसका कारण अतिरिक्त खानबाट बचिन्छ ।

– कार्यालयमा रहँदा होस् वा काम गरिरहेका बेला उच्च क्यालोरीयुक्त स्न्याक्स खानु हुँदैन । यसले शरीरमा फ्याट कम गर्न सहयोग गर्छ ।

– काम गरेका बेला धेरै दूध वा चिनी भएको चिया खानु हुँदैन । त्यसको साटो कालो वा ग्रिन टी तीन पटकसम्म खान सकिन्छ । यी दुवै चियाले तौल घटाउन सहयोग गर्दछ ।

– कार्यालय समयमा हरेक एक वा दुई घण्टापछि १० मिनेट टहल्नुहोस् । यसले खाना सही तरिकाले पच्ने गर्दछ भने तौल घट्नेछ ।

– दिनभरिको कामपछि दैनिक न्यूनतम ७ घण्टा सुत्नु पर्दछ । यसले भोक बढाउने हर्मोन बढ्न दिँदैन । तौल घटाउन पनि सहयोग गर्दछ ।