रोचक/विचित्र संसार

वृद्ध व्यक्तिले देखाए बिच सडकमा स्टन्ट, प्रहरीले थाल्यो खोजी

By खबरहब

November 01, 2021

हरेक दिन सामाजिक सञ्जालमा केही न केही रमाइला कुराहरू पोस्ट भइरहेका हुन्छन् । कतिपय भिडियोमा युवाले मोटरसाइकलमा देखाएको स्टन्टसमेत पर्दछ । तर अहिले चर्चामा आएको एक भिडियोमा मोटरसाइकलमा स्टन्ट देखाउने युवा नभई वृद्ध छन् ।

भारत उत्तराखण्डको हरिद्वार जिल्लाको रुड्कीका एक बुर्जुगले खतरनाक मोटरसाइकल स्टन्ट गर्दै सबैलाई चकित पारेका छन् । उनको स्टन्टमा उनले आफ्नो ज्यानको जोखिम मात्र मोलेका छैनन् सडकमा सवार अन्य यात्रुको जीवनमा पनि खेलबाड गरेका छन् ।

सामाजिक सञ्जालमा उनको यस स्टन्टलाई केहीले कला मानेका छन् भने केहीले निन्दा गर्दै ती बुर्जुग आफूसहित अन्य यात्रुकालागि पनि खतरा बनेको प्रतिकृया दिएका छन् । जे भए पनि यी बुर्जुगद्वारा स्टन्ट गरेको भिडियोले निकै चर्चा पाएको छ । तर चर्चासँगै प्रहरी उनको पहिचान र खोजीमा पनि जुटेको खबर छ ।

हेर्नुहोस् भिडियोसहित