फाइल फोटो

भारत / चीन / सार्क

भारतमा थप १८ हजार ३६८ जना कोरोनामुक्त

By खबरहब

November 01, 2021

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ८५ हजार ६१२ पुगेको भने तीमध्ये ३ करोड ३६ लाख ६१ हजार ३४९ जना निको भइसकेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १८ हजार ३६८ जना कोरोना मुक्त भएका छन् ।

भारतमा थप २५१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाकै कारण त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार ४७० रहेको छ ।

अहिले भारतमा संकृय संक्रमितको संख्या एक लाख ६५ हजार ७९३ रहेको छ ।