समाचार

बार्सिलोना फर्कने मेसीको चाहना

By खबरहब

November 01, 2021

पेरिस – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर लियोनल मेसीले बार्सिलोना फर्किने चाहना व्यक्त गरेका छन् ।

‘म बार्सिलोनाका लागि प्रभावकारी र सहयोगी हुन चाहन्छु । म क्लबको प्राविधिक क्षेत्रमा सहयोग गर्न चाहन्छु । तर बार्सिलोनामा सम्भव हुन्छ की हुन्न भन्ने मलाई थाहा छैन ।’ मेसीले भनेका छन् ।

यसअघि स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा दुई दशक बिताएका मेसी जारी सिजनको सुरुआतमा पिएसजी भित्रिएका थिए ।

दुई दशक बार्सिलोनामा बिताउँदा मेसीले १० ला लिगा र चार च्याम्पियन्स लिगसहित ३५ उपाधि जितेका थिए ।