खेलकुद

रोमालाई हरायो एसी मिलानले, नेपोलीसँग बराबरी

By खबरहब

November 01, 2021

काठमाडौँ -इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा एसी मिलानले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

रोमाको मैदानमा २६ औं मिनेटमा ज्लाटन इब्राहिमोविच र ५७ औं मिनेटमा फ्रान्क केस्सीले गोल गरेका थिए ।

खेलको इन्जुरी समयमा रोमाका सारावेले एक गोल फर्काएपनि त्यो जितका लागि प्रर्याप्त हुन सकेन।

यस जितसँगै मिलानले ११ खेलमा ३१ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

यससँगै प्रतियोगिताको शीर्ष टोली नेपोलीसँग एसी मिलानको अंक बराबरी भएको छ ।

नेपोलीले आइतबारै भएको अर्को खेलमा सार्लेनिटानामाथि १-० को जित हासिल गरेको थियो ।

आइतबारको नतिजापछि ११ खेलको समाप्तीमा नेपोली र एसी मिलान समान ३१ अंकका साथ इटालियन सिरी ‘ए’अंकतालिकाको शीर्ष दुई स्थानमा छन् । १९ अंक जोडेको रोमा चौथो स्थानमा छ ।