खेलकुद

एट्लेटिको मड्रिडसँग रियल बेटिस ३-० गोलले पराजित

By खबरहब

November 01, 2021

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

आइतबार राति वर्षाले भिजेको घरेलु वान्डा मेट्रोपोलिटानो रंगशालामा रियाल बेटिसमाथि उसले ३-० को नतिजा निकालेको हो ।

एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र जोआ फेलिक्सले एक-एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो।

जितसँगै एट्लेटिको ११ खेलबाट २२ अंकका साथ स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ । बेटिस २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको रियाल सोसिडाडको २५ अंक छ । सोसिडाडले शनिबार एथ्लेटिक बिल्बाउसँग १-१ को बराबरी नतिजा निकालेको थियो।

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अर्को खेलमा गेटाफेले स्पान्योलमाथि २-१ को जित निकाल्यो ।