बलिउड/हलिउड

दिपावलीपछि फार्महाउसमा बस्नेछन् आर्यन खान

By खबरहब

November 01, 2021

मुम्बई(एबीपी लाइभ)– अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको घर मन्नतमा पुनः एकपटक खुशी फर्किएको छ । उनीहरुका छोरा आर्यन खान केही साताको आर्थर रोड जेलको बसाई पछि घर फर्किएका छन् ।

पछिल्लो केही हप्ता शाहरुख र उनको परिवारका लागि तनावपूर्ण समय थियो । उनीहरुले आफ्ना साथीभाईहरुलाई आर्यन खान रिहा नहुञ्जेलसम्म मन्नतमा नआउन आग्रह गरेका थिए । अब भने सबैका लागि मन्नतको ढोका खुला भएको छ ।

शाहरुख र गौरीलाई आर्यनलाई सुरक्षित रुपमा मिडियाबाट टाढा राख्नका लागि सबै कदम उठाएका छन् । आर्यनका लागि बितको २८ दिन निकै कष्टपूर्ण थियो । त्यसकारण उनलाई अब शाहरुख र गौरी केही राहत दिन चाहन्छन् ।

आर्यन जमानतमा रिहा भए पनि उनी अदालतको अनुमति बिना मुम्बईबाट बाहिर जान पाउदैनन् । उनले आफ्नो पासपोर्ट पनि अदातलमा बुझाउनुपर्नेछ ।

समाचारअनुसार दिपावलीपछि आर्यन मन्नतबाट टाढिदैछन् । आर्यन आफ्नो अलिबागवाला फार्महाउसमा नै बस्नेछन् । शाहरुखले आर्यनलाई केहीसमय शान्त वातावरणमा राख्नका लागि फार्महाउस रोजेका हुन् ।