समाचार

माधव र बाबुरामविरुद्धको मुद्दाको फैसला आज नहुने

By खबरहब

November 01, 2021

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला आज नहुने भएको छ।

गत असोज १८ गते बसेको प्रधानन्यायाधीश जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि आजका लागि मिति तोकेको थियो।

तर आज न्यायाधीश सुवेदी बिदामा रहेकाले फैसला नहुने भएको हो। न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका बताइएको छ ।