df]/ª, !) ebf} M k|b]z g+ ! sf gjlgo'Qm d'VodGqL eLdk|;fb cfrfo{ laxLaf/ zky u|x0fkl5 ;~rf/sdL{;Fu s'/f ub}{ . tl:a/M dgf]h bfxfn÷/f;;

राजनीति

राजीनामाको तयारीमा मुख्यमन्त्री आचार्य

By खबरहब

November 01, 2021

काठमाडौँ-  विश्वासको मत प्राप्त नहुने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा राजीनामा घोषणाको तयारी गरेका छन् ।

मुख्यमन्त्री आचार्यले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भए पनि विश्वासको मत नपुग्ने भएपछि राजीनामाको तयारी भएको नेता हिक्मत कार्कीले जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले दसैँअघि नै असोज १० मा विश्वासको मत लिनुपर्ने प्रतिपक्षीहरूले दबाब दिँदै आएका थिए । भदौ ९ मा नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको थियो ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर पार्टी फुटेपछि प्रदेश-१ मा एमालेका ४१ सांसद छन् । त्यसमध्ये एक जना सभामुख हुन् भने र एक जना फरार छन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।