समाचार

भाइटीकाको साइत ११ बजेर ०२ मिनेटमा  

By खबरहब

November 01, 2021

काठमाडौँ- यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११:०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११:०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने ।  बुधबारबाट यमपञ्चक सुरु हुँदैछ ।