अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको ग्लास्गोमा भव्य स्वागत (भिडियोसहित)

By खबरहब

November 01, 2021

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्कटल्यान्डको ग्लास्गोमा भव्य स्वागत गरिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२६) मा सहभागी हुन ग्लास्गो पुगेका उनलाई ‘भारतीय गहना’ बोलको गीत गाउँदै भव्य स्वागत गरेका हुन् ।

#WATCH | Glasgow, UK | Indian community sings ‘Modi Hai Bharat Ka Gehna’ during interaction with Prime Minister Narendra Modi after his arrival at the hotel. pic.twitter.com/Hq2y7bSWEd

— ANI (@ANI) October 31, 2021

संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सन अफ क्लाइमेट चेन्जले गरेको २६औँ सम्मेलनमा सहभागी हुन पुगेका मोदी मंगलबारसम्म त्यहाँ रहदा विश्व नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम पनि छ । उनले मंगलबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउबालाई पनि भेट्ने कार्यक्रम छ ।