फाइल फोटो

राजनीति

सरकार विदेशीको इशारामा चलको ईश्वर पोखरेलको आरोप (भिडियो)

By खबरहब

November 01, 2021

काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी चूनावमा गठबन्धन गरेर आए पनि अन्यदलहरुलाई पराजित गरेरै छाड्ने बताएका छन् ।

सोमबार एमाले काठमाडौँ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा पोखरेलले आगामी निर्वाचनमा सक्ने भए एक्लाएक्लै प्रतिस्पर्धा गर्न चूनौती दिँदै गठबन्धन बनाएर आए पनि पराजित गर्ने बताए ।

पोखरेलले वर्तमान सरकार संविधान र कानुनको बिपरित बिदेशीको इशारामा चलेको आरोप लगाए । उनले पूर्ववत सरकारले शुभारम्भ गरेको अस्पताल निर्माण र १४ सयभन्दा बढी सडक निर्माण वर्तमान सरकारले रोकेको बताए ।

त्यस्तै पोखरेलले एमाले बिगतको कुनै पनि बेला भन्दा शसक्त ढंगले भूमिका खेल्न तयार रहेको सन्देश महाधिवेशनले दिने जिकिर गरे ।

उनले ५ लाख जनताको माझमा पार्टीको महाधिवेशन उद्घाटन हुने र एकताको सन्देश दिने बताए ।