राजनीति

सरकारले राम्रा कामको थालनी गरेको छ : डा महत

By खबरहब

November 01, 2021

त्रिशूली- नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन् ।

‘यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको थालनी गरेको छ, हामीले प्रचार गर्न नसकेको मात्र हो’, महतले भने ।

कांग्रेस नेतृत्वको यो सरकार निर्माण भएपछि कम्तीमा पनि एक करोड मात्रा कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको र यसका कारण नेपालमा कोरोनाको प्रभाव कम भएको पनि उनले बताए ।

आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार निर्माण गर्ने उनले बताए  । उनले आमनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिए । उनले पार्टीको अधिवेशन लोकतन्त्रको आन्तरिक पद्धति भएकाले यसलाई प्रतिस्पर्धाको रुपमा नलिन आग्रह गरे ।