सांकेतिक तस्बिर

समाचार

स्कुटर  दुर्घटनामा एक जनाको मृत्यु

By खबरहब

November 01, 2021

दाङ- दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर  दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि  अहिले अस्पतालमा राखिएको छ ।