k|b]z k|d'v snf}gL kbef/ u|x0f ;'v]{t, @) sflQs -/f;;_M gjlgo'Qm s0ff{nL k|b]zsf k|d'v uf]ljGbk|;fb snf}gL a'waf/ kbef/ u|x0f ub}{ . tl:j/ M z'/axfb'/ l;+x

देश/प्रदेश

कर्णालीमा नयाँ सरकारका लागि भोलि साँझसम्म दाबी पेश गर्न आह्वान

By खबरहब

November 01, 2021

काठमाडौँ– कर्णाली प्रदेशमा नयाँ सरकार गठनको दाबीका लागि मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख गोविन्द कलौनीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

शाहीले राजीनामा दिँदा नयाँ सरकारका लागि कांग्रेसलाई समर्थन गर्ने घोषणा गरेकाले मंगलबार कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना उच्च छ । ४० सदस्यीय प्रदेशसभामा हाल ३५ जनामात्र सांसद छन् । सभामा एमालेको १६, माओवादी केन्द्रको १३, कांग्रेसको ६ र राप्रपाको १ सिट छ । बहुमतका लागि कांग्रेस र माओवादीको गठबन्धन पर्याप्त छ ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने कांग्रेस निकट स्रोतले जनाएको छ । तर कांग्रेसले निर्णय भने गरिसकेको छैन ।