समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा चिनियाँ झण्डा !

By खबरहब

November 01, 2021

काठमाडौँ- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा चिनियाँ झण्डा राखिएको पाइएको छ।

६ अर्ब रुपैयाँ लागत रहेको चिनियाँ ठेकेदार कम्पनीले निमार्ण गरेको उक्त विमानस्थलमा चिनियाँ झण्डा राखिएको पाइएको हो।

नेपालको स्वाधिनता र सावैभौमसत्तालाई पूर्णरुपमा अवमूल्यन गर्ने गरी चीनले नेपालको लगानीमा बनेको विमानस्थलमा पनि आफ्नो झण्डा फहराउन लागेको हो । यसको विरोध भइरहेको छ। तर, सरकारले भने यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ । बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।

उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ । उक्त मूर्ति स्थापना गर्नुअघि नै विमानस्थलको टर्मिनल भवनको छतमा चिनियाँ झण्डा फहराइएको पाइएको छ।