राजनीति

एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न

By खबरहब

December 01, 2021

चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक मंगलबार चितवनको सौराहामा सकिएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेका छन्।

यही मङ्सिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्य समिति चयन गर्दै मंगलबार सम्पन्न भएको हो । केन्द्रीय समिति ३०१ सदस्सीय रहेको छ ।