फाइल तस्वीर

अन्तर्राष्ट्रिय

श्रीलंकामा यसवर्ष एक लाख पर्यटक पुगे

By खबरहब

December 01, 2021

काठमाडौँ – श्रीलंकामा यसवर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ ।

प्राप्त समाचारमा त्यहाँ यस वर्षको अहिलेसम्म १ लाख १ हजार भन्दा केही बढी पर्यटक पुगेका छन् । त्यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् ।

गत नोभेम्बर महिनामा मात्र ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । यो समेत गरी त्यहाँ यस वर्ष पुगेका पर्यटकको संख्या एक लाख नाघेको हो । त्यहाँ सबैभन्दा धेरै भारतबाट पर्यटक जाने गर्दछन् ।

पछिल्लो समयमा कोभिडका कारण त्यहाँको सिंगो पर्यटन उद्योग नै प्रभावित भएको छ । श्रीलंकाका ४० लाखभन्दा बाढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट त्यहाँका बहुसंख्यक मानिसहरु लाभान्वित हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ ।