अन्तर्राष्ट्रिय

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ३ जनाको मृत्यु

By खबरहब

December 01, 2021

काठमाडौँ – अमेरिकाको मिसिगन राज्यको एक विद्यालयमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ।​

मृत्यु हुनेमा १६ वर्षीय छात्र र १४ र १७ वर्षीया छात्रा रहेको अधिकारीहरूले जनाएका छन् । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा आक्रमण भएको हो।

प्रहरीका अनुसार १५ वर्षीय संदिग्ध एक्लैले सेमी अटोमेटिक ह्यान्डगनले १५ देखि २० गोली हानेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकामा हालैका वर्षहरूमा विद्यालयमा गोलीबारीका घटना लगातार बढ्दै गएको छन् ।