राजनीति

कांग्रेसको केन्द्रीय सदस्यमा गंगा सुनारको उम्मेदवारी घोषणा

By खबरहब

December 01, 2021

काठमाडौँ – कांग्रेसको केन्द्रीय सदस्यमा गंगा सुनारले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौँकी नेतृ सुनारले दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताइन् ।

‘पार्टीमा दलित महिलाहरूको प्रतिनिधित्व हुने व्यवस्था छ । मैले लामो समयदेखि दलित समुदायको हक, हित र सशक्तीकरणका लागि काम गर्दै आएकी छु । पार्टीका संगठनमा बसेर पनि काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यो महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु ।’