रोचक/विचित्र संसार

घरको ढोकामै धान, गहूँ र तरकारीको खेती

By खबरहब

January 02, 2021

काठमाडौँ– हामीले घरको छतमा तरकारी, फलफूलहरु लगाएको त खबर सुनेका नै छौँ । तर कहिल्यै तपाईले घरको छतमा धान, गहुँ र तरकारी खेती गरेको खबर सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

इजरायलमा एक नयाँ प्रयोग मार्फत विभिन्न तरकारी र धान, गहुँको खेती गरिन्छ । यजरायलको एक कम्पनीले यसको शुरुवात गरेको हो । जसको नाम ग्रीनवाल रहेको छ । ग्रीनवालका संस्थापक पायोनिर गाइ बारसेनले यस वर्टिकल गार्डेनको नाम दिएका छन् ।

ढोकामै विभिन्न प्रकारका तरकारी, धान तथा गहुँको खेती गर्न सकिन्छ । ढोकाको दुबै तिर गार्डेन बनाएर खेती गर्न सकिने कम्पनीले बताएको छ । सन् २००९ मा बनेको कम्पनीको यो टेक्निक अब विश्वमा नै लोकप्रिय बन्दै गएको छ ।

इजरायलमा जमीन अभावका कारण यस्तो गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । एजेन्सीको सहयोगमा