खेलकुद

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

By खबरहब

March 02, 2021

काठमाडौँ- शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लब प्रतिस्पर्धा गर्दैछन् । खेल अपरान्ह १२:१५ मा हुनेछ ।

आजै हुने अर्को खेलमा बाँसबारी युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछन् । बाँसबारी र पुल्चोकबीचको खेल अपराह्न ३:३० बजे सुरु हुनेछ ।