पर्यटन

सेफ सन्तोष शाहलाई नेपाल पर्यटन बोर्डको सम्मान

By खबरहब

March 02, 2021

काठमाडौँ– विश्वमा नेपाली खाना चिनाउने सेफ सन्तोष शाहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।

सेफ सन्तोष शाहलाई बोर्डले मंगलबार सम्मान गरेको हो । सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाकोमा सेफ सन्तोषलाई धनयवाद दिए ।

उनले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताए । कोइरालाले आफ्नो पहिचानलाई चिनाउन सेफ सन्तोष शाहबाट सिक्नुपर्ने तर्क गरे ।

विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफूले नेपाल चिनाउन सफल भएको बताउँदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल पाएको बताए ।

शाहले हरेक नेपालीले आफू मात्रै नभएर नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताए । उनले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलको जिकिर गरे ।

कार्यक्रममा यस क्षेत्रका व्यक्तिहरको बाक्लो उपस्थिति रहेको थियो ।