फाइल फोटो

भारतमा थपिए २३ हजार संक्रमित, २५ हजार बढी निको

By खबरहब

October 02, 2021

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २३ हजार ९१० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअुनसार थपिने संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या करिब २ हजार धेरै छ ।

यही अवधिमा २५ हजार ४५६ जना निको हुँदा २३३ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कुल मृत्युहुनेको संख्या ४ लाख ४८ हजार ६०५ पुगेको छ । कुल संक्रमित ३ करोड ३७ लाख ८९ हजार ३९८ मध्ये हालसम्म ३ करोड ३० लाख ६० हजार ९८० जना निको भइसकेका छन् ।

भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख ७९ हजार ८१३ रहेको छ ।