खेलकुद

साफ च्याम्पियनसिप- नेपालसँग माल्दिभ्स १–० गोलअन्तरले पराजित

By खबरहब

October 02, 2021

काठमाडौँ-माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले विजय सुरुवात गरेको छ ।

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले खेलको ८६ औं मिनेटमा गरेको गोल नेपालका लागि निर्णायक बन्यो ।

माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । जितसँगै नेपालले तीन अंक जोडेको छ ।

अब नेपालले सोमबार दोस्रो खेलमा श्रीलंकासँग, तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।