राजनीति

राप्रपा तनहुँको अध्यक्षमा विनोद घर्ती दोहोरिए

By खबरहब

October 02, 2021

तनहुँ – राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् ।

शुक्रबार भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन्।

नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरे। राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो ।

सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।