देश/प्रदेश

नेपाली राजदूत भारद्वाज र कतारका अमिरबीच भेटवार्ता 

By खबरहब

October 02, 2021

दोहा- कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज र कतारका अमिर शेख तामिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

अमिर दिवानको कार्यालयमा भएको भेटवार्तामा अमिरले राजदूत भारद्वाजलाई आगामी कार्यका लागि शुभकामनासहित कतार र नेपालबीचको सम्बन्धका लागि थप प्रगति र समृद्धिको कामना गरेका छन् ।

राजदूत भारद्वाजले पनि आमिर र राज्यका अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद र सराहना गर्दै जसले दुई देशबीचको सम्बन्ध सुदृढ पार्न योगदान पुर्‍याएको बताए ।

अघिल्लो सरकारले राजनीतिक नियुक्तिको आधारमा नियुक्त गरेको राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेसँगै उनी आफ्नो कार्यकाल नसकिँदै स्वदेश फर्कन लागेका हुन् ।

उनले संसदीय सुनुवाइ समितिको क्रममा कतारका राष्ट्र प्रमुखको नेपालको भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा गर्न नपाउँदै सरकारले फिर्ता बोलाएको छ ।