राजनीति

एमालेको विधान महाधिवेशनमाथि बाबुरामको टिप्पणी : ‘कुम्भमेला निभ्ने बेलाको बत्ती’

By खबरहब

October 02, 2021

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेको विधान महाधिवेशनलाई ‘कुम्भमेला’को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले शुक्रबार सुरु नेकपा एमालेको प्रथम विधान महाधिवेशनलाई ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो ।’ भनी व्यङ्ग्य गरेका छन् ।

अध्यक्ष केपी ओली शर्माप्रति लक्षित गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’