रोचक/विचित्र संसार

गुलाबी डल्फिन सामाजिक सञ्जालमा भाइरल (भिडीयोसहित)

By खबरहब

October 02, 2021

समुन्द्री दुनिँया आम दुनिँया भन्दा निकै फरक हुने गर्दछ । त्यहाँको तापमान, बोटबिरुवा, जीवजन्तु सबै आम संसारभन्दा फरक हुन्छ । यसैबीच सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा यही फरक समुन्द्री दुनिँयामा गुलाबी डल्फिन देखिएको छ ।

अहिलेसम्म धेरैले कालो वा निलो डल्फिन देख्नु भएको होला । तर सामाजिक सञ्जाल ट्वीटरमा भाइरल बनेको भिडियोमा गुलाबी डल्फिन देखिएको हो । समुन्द्रमा खेल्दै गरेको यो गुलाबी डल्फिन अन्य डल्फिनको तुलनामा निकै फरक छ ।

डल्फिनलाई निकै मिलनसार जीव मानिन्छ । धेरैले डल्फिनको यो भिडियोमा भिडियो हेरेपछि रमाइलो मानेको प्रतिकृया दिएका छन् । धेरैले पहिलो पटक गुलाबी डल्फिन देखेको प्रतिकृया दिएका छन् ।

हेर्नुहोस्  भिडियो

If you haven’t seen a pink dolphin💕
(Credit in the video) pic.twitter.com/PBZWfmosm0

— Susanta Nanda IFS (@susantananda3) August 19, 2021